ad

धनकुटालाई प्रदेश राजधानी बनाइनुपर्ने मागसहित माइतीघरमा धर्ना

SHARES
Nepal Live

काठमाडौँ- प्रदेश नम्बर १ को राजधानी धनकुटालाई बनाउनुपर्ने मागसहित धनकुटेलीहरु निरन्तर दबाब अभियानमा छन्। उनीहरुले आज पनि काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिए।

प्रदेश राजधानी निर्माण अभियान समिति काठमाडौँको अगुवाइमा धर्ना दिइएको हो। पूर्वाधार, सामर्थ्य,  सुरक्षा र सुन्दरता हिसाबले धनकुटा राजधानीका लागि उपयुक्त हुने उनीहरुको दाबी छ। धनकुटाका प्रदेश सांसद, नागरिक अगुवा र व्यवसायी लगायतले आज बिहान ८:३० देखि १० बजेसम्म माइतीघरमा धर्ना दिएका हुन्। 

उनीहरुले पटकपटक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत धर्ना दिँदै आएका थिए। धनकुटामा पनि यही माग राखेर बन्द हडतालका कार्यक्रम भइरहेका छन्।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार