कांग्रेस नेता तथा स्ववियु पूर्वसभापति माझीको निधन

नेपाल लाइभ

Nepal Live

राजविराज- नेपाली कांग्रेसका निष्ठावान् नेता एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका स्ववियु पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशिकुमार माझीको निधन भएको छ। 

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका उनको भारतको दरभङ्गास्थित पारस अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको कांग्रेसका जिल्ला सभापति दिनेशकुमार यादवले बताए।

५८ वर्षीय माझी केही समययता मिर्गौलाको रोगबाट पीडित थिए। २०३९ मा राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा उनी नेविसंघबाट सभापति पदमा निर्वाचित भएका थिए।

जिल्ला खेलकुद विकास समिति सप्तरीका अध्यक्षसमेत भइसकेका माझीलाई कांग्रेसको झन्डा ओढाएर राजविराजमा दाहसंस्कार गरियो। माझीका दुई छोरा, एक छोरी र पत्नी छन्।रासस
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने