ad

मन्त्रिपरिषद् बैठक बस्दै, प्रदेश प्रमुख र राजधानीबारे निर्णय हुने

SHARES
Nepal Live

काठमाडौं- मन्त्रिपरिषद् बैठक केहीबेरमा सिंहदरबारमा बस्ने भएको छ।

महिला बालबालिका तथा समाज कल्याणमन्त्री विक्रमबहादुर थापाका अनुसार बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानीबारे निर्णय गर्ने तयारी छ।

'प्रदेश प्रमुख र प्रदेशको राजधानीबारे छलफल र निर्णय हुन्छ', मन्त्री थापाले भने, 'सरकारले यस विषयमा निकास दिनुपर्ने बाध्यता छ, त्यसैले पनि निर्णय हुन्छ।'

वाम गठबन्धनका माओवादी र एमालेले प्रदेश प्रमुख र राजधानी तोक्ने जिम्मेवारी सरकारको भएको भन्दै त्यसमा बाधा नगर्ने बताइसकेका छन्।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार