योग गर्नुअघि जान्नुपर्ने १५ कुरा

नेपाल लाइभ

Nepal Live

१. खाली पेट बिहान योग गर्नु सबभन्दा राम्रो हुन्छ। अन्य समयमा गर्नु पर्दा टन्न खाएको ४ घण्टापछि र हल्का खाएको दुई घण्टापछि गर्नुपर्छ।

२. योगाभ्यास सकेर आधा घण्टाजति कुरेर त्यसपछि मात्र खाना खान मिल्छ।

३. हरेक दिन एउटै समय पारेर कम्तीमा २० मिनेट र बढी ९० मिनेटसम्म अभ्यास गर्न सकिन्छ।

४. लुगा खुकुलो एवं सजिलो हुनु पर्दछ । अझ सुतिको भए उत्तम।

५. शान्त, सफा, हावादार तथा न्यानो ठाउमा अभ्यास गर्नुपर्छ।

६. चस्मा र कन्ट्याक लेन्स छ भने अभ्यास गर्दा झिक्नु पर्छ।

७. दिशा पिसाव सकेर मात्र अभ्यास गर्नु बढी लाभदायक हुन्छ।

८. महिलाले महिनावारी भएको बेला कडा अभ्यास गर्नु हुँदैन । किर्तन, ध्यान, प्राणायम मात्र गर्दा राम्रो। यसबेला तल्लो पेट चलाउनु हुन्न।

९. प्रत्येक योगाशनको अवधि १५ सेकेन्डदेखि बिस्तारै बढाएर ३ मिनटसम्म पुर्याउन सकिन्छ। 

१०. सामान्यतया अगाडी टाउको झुकाएर गर्ने अभ्यासले तनाव कम गर्नुका साथै मनोबल उच्च गराउँछ। तर मुटु, हर्नीया तथा उच्च रक्तचाप भएकाले यो अभ्यास गर्नु हुँदैन।

११. कुनै पनी आसन गर्दा शरिरलाई जबरजस्ती गर्न हुँदैन।

१२. दीर्घरोग भएकाले योग विज्ञको सल्लाह लिएरमात्र अभ्यास गर्नुपर्छ।

१३. योगबाट असर तथा फाईदा लिन कम्तीमा ३ देखी ६ महिना नियमीत अभ्यास गर्नुपर्छ।

१४. उच्च रक्तचाप, मुटुरोग, स्वासप्रश्वास, अनिन्द्रा तथा स्मरणशक्ति न्युन भएकाले प्राणायम गर्दा श्वास रोक्न हुँदैन।

१५. अप्रेशन गरेका बिरामीले कम्तीमा २ बर्षपछी अथवा विज्ञको सल्लाह लिएर मात्र अभ्यास गर्नु पर्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने