ad

मादक पदार्थ सेवन गरी आफ्नै दाइको हत्या गर्ने पक्राउ

SHARES
Nepal Live

मंगलबारे, इलाम- इलामको देउमाई नगरपालिकामा भाइले दाजुको हत्या गरेका छन्। 

देउमाई नगरपालिका–४ मंगलबारेका डिल्ली बाँस्तोलाले सहोदर दाजु गंगा बाँस्तोलाको आज दिउँसो हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। 

सामान्य भनाभनपछि डिल्लीले गंगालाई करिब १ बजेतिर दाउराले हानेर हत्या गरेका हुन्। मादकपदार्थ सेवन गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। 

हत्यापछि डिल्लीले इलाम नगरपालिका–११ सोयाककी ७ वर्षीया सन्ध्या आचार्यलाई समेत कुटपिट गरेका थिए। मावली घर जाने क्रममा उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ। सन्ध्यालाई उपचारका लागि इलाम अस्पताल लगिएको जनाइएको भने अभियुक्त पक्राउ परेका छन्।रासस
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार