ad

ऋतिक रोशनको जन्मदिनमा पूर्वपत्नी सुजैनको शुभकामना

SHARES
Nepal Live

नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेता ऋतिक रोशनले आज ४४औं जन्मोत्सव मनाउँदै छन्। ‘कहो ना प्यार हे’ बाट बलिउडमा डेब्यू गरेका उनले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्।

कुशल डान्सरको परिचय समेत बनाएका ऋतिकको अभिनयका प्रशंसकहरु अनगन्ती छन्। धेरै सफल फिल्ममा अभिनय गरेका ऋतिक विवाहित भए पनि अहिले एक्लै छन्। पत्नी सुजैनसँगको १४ वर्ष लामो दाम्पत्य जीवन सन् २०१४ मा अन्त्य भएको थियो।

ऋतिकको जन्मदिनमा बलिउडका हस्तीहरुका साथै हजारौं प्रशंसकहरुले शुभकामना दिइरहेका छन्। यसै क्रममा उनलाई पूर्वपत्नी सुजैनले पनि सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत शुभकामना दिएकी छन्। उनले आफू र ऋतिकसहितको सेल्फी पोस्ट गर्दै लेखेकी छिन्, ‘तिमी सधैं मेरो जिन्दगीको उज्यालो बन्नेछौ। जन्मदिनको शुभकामना। सधैं हाँसिरहनू। तिम्रो हाँसोले सधैं जीवनमा उज्याले लिएर आउँछ।'

डिभोर्सपछि पनि प्राय: सँगै देखिने उनीहरुले सम्बन्ध विच्छेदको कारण अहिलेसम्म कतै खुलाएका छैनन्। ऋतिक र सुजैनका दुई छोरा रेहान र रिदान छन्।

\"\"

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार