डा केसीको लिखित बयान- पराजुलीले दुई ठाउँबाट नागरिकता लिनु गैरकानुनी होइन?

नेपाल लाइभ

Nepal Live

काठमाडौं– अदालतकाे अवहेलना मुद्दामा पक्राउ परेका डा गोविन्द केसीले सर्वोच्च अदालतमा बयान दिएका छन्।

डा केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीका न्यायिक कार्यहरुको फेहरिस्त उल्लेख गर्दै उनीप्रति बयान केन्द्रित गरेका छन्। डा केसीले प्रधानन्यायाधीश पराजुलीले दुई ठाउँबाट नागरिकता लिएको भन्दै उनीमाथि न्यायिक छानबिन गरी कारबाही हुनुपर्ने, अख्तियारका तत्कालीन प्रमुख लोकमानसिंह कार्कीलाई सफाइ दिएको प्रकरणमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने लगायत उल्लेख गरेका छन्। 

डा केसीले पराजुलीले न्यायपालिकाको आस्था, गरिमा र स्वाधीनतालाई चुनौती दिएको भन्दै उनीबाटै अदालतको अवहेलना भएकाले पराजुलीमाथि अदालतको अवहेलनामा कारबाही गर्न माग गरेका छन्।

डा केसीको लिखित बयान:

प्राप्त प्रतिकृयाहरू

Bashant khatri लेख्नुहुन्छ २o७४ पौष २५ मंगलबार ८:१० 

डा.गोबिन्द के.सि.को माग जायज छ ।यदि डिन शर्मा पुनर्बहाली हुन्छ्न भने उनिलाई निराधार बर्खास्त गर्ने तत्कालिन मन्त्रीपरिषद अध्यक्ष खिलराज जि लाई कार्बाही हुनु पर्यो होईन भने गोपाल पराजुली लाई कार्बाही किन नहुने । सर्बोच्च को फैसलामा प्रश्न गर्न नपाईने हो भने अतिवाद सुरु हुन्छ जुन पराजुली ले देखाई सके ।प्रत्येक पुर्ब प्रधानन्यायाधीशले गरेक फैसला उल्टाउनु को अर्थ के ? अहिले सम्म गोपालजस्तो दक्ष प्रधानन्यायाधीश नभयका हुन त ? उनिहरु निराधार फैसला गरेका हुन त ? यदि त्येसो हो भने तिनिहरुलाई कार्बाही हुनपर्‍यो होईन भने गोपाल जिलाई नि पुजा गर्न त भयन नि ? उनिलाई कार्बाही नहुने को हुन उनी ?

अशिम काभ्रेलि लेख्नुहुन्छ २o७४ पौष २५ मंगलबार ७:२० 

सर्बोच्च अदालत जस्तो गरिमामय र सम्मानित निकायको बेइज्जत हुनु भनेको नेपाल राष्ट्रको ठाडो बेइज्जत हुनु हो। घटना परिघटना जे जस्ता भएपनी प्रधानन्यायाधीशले राजीनामा दिएर छानबिनको दाएरामा आउनुको बिकल्प रहनु हुदैन भने दोशी पाइए हदै सम्मको कारबाही उनि माथी हुन नसके कानुनी राज्यमाथी अन्तिम प्रश्न तेर्सिने छ।

यसमा तपाइको मत



पढ्नै पर्ने