यसरी प्रकाउ परे डा केसी (फोटो फिचर)

Nepal Live

काठमाडौं– डा गोविन्द केसीलाई अदालतको अपहेलना मुद्दामा प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु पुर्‍याएको छ। एसपी रामदत्त जोशीको टोलीले उनलाई पक्राउ गरेको हो। 

प्रहरीले पक्राउ पुर्जी थमाएपछि त्यसमा हस्ताक्षर गरेर डा केसी सजिलै प्रहरी कार्यालय जान तयार भए। पक्राउ गर्ने क्रममा उनले भने, ‘अदालतको फैसलालाई मान्दिनँ, तर तपाईंहरुको (प्रहरी)को कानुनी प्रक्रियालाई सम्मान गर्छु।’ 

उनलाई बा १ झ ७२६६ नम्बरको प्रहरी अस्पतालको एम्बुलेन्समा राखेर प्रहरी कार्यालय लगिएको हो। डा केसीलाई पक्राउ गर्न काठमाडौं परिसरका एसपी  जोशीको कमाण्डमा ठूलो संख्यामा प्रहरी शिक्षण अस्पताल महाराजगञ्ज पुगेको थियो।

आइओएमको डीन पुनर्वहाली सम्बन्धी मुद्दामा डा केसीले दिएको अभिव्यक्तिले अदालतको अवहेलना गरेको भन्दै सोमबार अदालतले उनलाई पक्राउ गरी मंगलबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। 

डा केसीलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राख्ने तयारी छ। केसीले हिरासतमै अनसन बस्ने बताएका छन्।

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

\"\"

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार