तीन कम्पनीलाई ९४ करोड बराबरको हकप्रद सेयर निष्कासनका लागि स्वीकृति

नेपाल लाइभ

Nepal Live

काठमाडौं- नेपाल धितोपत्र बोर्डले ९४ करोड तीन लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई स्वीकृति दिएको छ। 

बोर्डका अनुसार एसियन लाइफ इन्स्योरेन्स, फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई हकप्रद सेयर निष्कासनका लागि सोमबार स्वीकृति दिइएको हो।

एसियन लाइफ इन्स्योरेन्सले दस कित्ता बराबर एक पाउने गरी ४० करोड २७ लाख ९६ हजार ६२० रुपैयाँ बराबरको ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति पाएको छ। सेयर निष्कासनका लागि एनआइबिएल क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ।

यस्तै, फस्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले २२ करोड ८१ लाख ३१ हजार ३ सय रुपैयाँ बराबरको २२ लाख ८१ हजार ३ सय १३ कित्ता हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको बोर्डले जनाएको छ। सो कम्पनीको हकप्रद सेयर निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ। कम्पनीले दुई कित्ता बराबर एक पाउने गरी हकप्रद निष्कासन गर्न लागेको छ।

यस्तै, कामना सेवा विकास बैंकले ३० करोड ९४ लाख १५ हजार ४ सय ७७ रुपैयाँ बराबरको ३० लाख ९४ हजार १ सय ५४ कित्ता हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिइएको हो। कामना सेवाको हकप्रदका लागि एनएमबी क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ। कामनाले दस कित्ता बराबर एक दशमलब पाँच कित्ता हकप्रद सेयर दिनेछ। रासस

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत



पढ्नै पर्ने