डा गोविन्द केसीलाई अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

नेपाल लाइभ

Nepal Live

काठमाडौं- सर्वोच्च अदालतले डा गोविन्द केसीलाई अदालत अवहेलनाको मुद्दामा मंगलबार बिहान उपस्थित गराउन आदेश दिएको छ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आजै सर्वोच्चको प्रशासनबाट टिप्पणी उठाउँदै दर्ता गरेको निवेदनमा यस्तो आदेश जारी गरिएको हो। डा केसीले आइतबार र सोमबार अदालतको मानहानि गर्ने गरी अभिव्यक्ति दिएको भन्दै सर्वोच्च प्रशासनले आफैं टिप्पणी उठाएर इजलासमा पेश गरेको थियो। सर्वोच्चका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन तयार पार्दै इजलाससमक्ष पेश गरेका थिए। 

प्रशासनले पेश गरेको उक्त टिप्पणीमाथि आदेश गर्दै सर्वोच्च मंगलबार बिहान नौ बजे गृह मन्त्रालय मार्फत केसीलाई सर्वोच्चमा उपस्थित गराउन प्रहरी प्रधान कार्यालयको नाममा आदेश दिएको हो।

डा केसीले न्यायमा किनबेच भएको भन्दै प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामाको मागसहित आजबाट अनसन सुरु गरेका छन्। 

प्राप्त प्रतिकृयाहरू

तामाङ राजेन लेख्नुहुन्छ २o७४ पौष २४ सोमबार ६:५० 

डा० केसि मानसिक रोगिहो यसको उपचार सायदै होला। यस्ता मानिस नजन्मेकै बेश जन्मनुभन्दा तूहिएको अति उत्तम्...., डाक्टरको काम र मर्यादा थाहा नभयको नरपशु!

चोमराज दाहाल लेख्नुहुन्छ २o७४ पौष २४ सोमबार ६:३१ 

डा.के.सी.को जुनसुकै विषयमा अनसन बस्ने र मान्छेलाई गलाउने शैली गलत छ। डा.के.सी.ले भनेको माने, उनले भनेबमोजिम गरे ठीक नत्र बेठीक यो हुन सक्दैन।

यसमा तपाइको मत



पढ्नै पर्ने