फ्यङछाङ् विन्टर ओलम्पिक : नयाँ अध्यायको थालनी 

Nepal Live

गणतन्त्र कोरियाको आयोजनामा आगामी फेब्रुअरीमा हुने शीतकालीन ओलम्पिक (विन्टर ओलम्पिक) र पारा ओलम्पिक खेलकुद प्रतियोगितामा यसअघिका ओलम्पिकको भन्दा बढी खेलहरु समावेश छन्।

सय भन्दा बढि स्वर्ण पदकका हुने प्रतियोगितामा ठुलो संख्यामा महिलाको सहभागिता हुनेछ। खेलाडी, पदाधीकारी तथा मिडियाकर्मी गरी ५० हजार बढी प्रत्यक्ष सहभागी हुनेछन्। जसले ओलम्पिक खेलकुदमा नयाँ इतिहास रच्ने छ। 

फ्यङछाङ् शहरमा ओलम्पिकको सुरुवातसँगै चरणबद्धरुपमा एसिया क्षेत्रमा ओलम्पिक खेलको आयोजना हुनेछ। फ्यङछाङ्बाटै २०२० मा जापानको टोकियो गृष्मकालीन ओलम्पिकका लागि टर्च हस्तान्तरण गरिनेछ।

सन् २०२२ मा चीनको बेइजिङमा हुने शीतकालीन ओलम्पिकको माध्यमबाट विश्वभरीनै शान्ति र सदभाव जगाउनका फ्यङछाङ् ओलम्पिकले मञ्चको रुपमा भूमिका खेल्नेछ।

ओलम्पिक खेलकुद कोरियामा हुन लागेको यो पहिलो पटक भने होइन। ३० वर्षअघि कोरियाले सउल गृष्मकालीन ओलम्पिक (समर ओलम्पिक) आयोजना गरेको थियो। सन् १९८८ मा ओलम्पिक आयोजना गरिरसकेकाले हामी ओलम्पिक खेलकुदमा शक्तिशाली तथा गौरवान्वित महसुस गर्दछौं।

सन् १९५० बाट १९५३ सम्म चलेको कोरियाली युद्धले तहसनहस पारेको कोरिया लेलामो समयसम्म वैदेशीक सहयोगमा निर्भर हुनुपरेको थियो। सन् १९६० मा प्रतिव्यक्ति आय १०० अमेरिकी डलर भन्दा थोरै हुँदा कोरिया अति न्यून आय भएका मुलुकको सूचिमा थियो।

तर २० वर्षको बीचमा कोरियाले सउल समर ओलम्पिक आयोजना गर्दै द्रुत विकासको उदहारण प्रस्तुत गरेको थियो। ओलम्पिक आयोजनाको माध्यमबाट विश्वभरी परिचित भएको कोरियाले भविष्यमा पनि जोखिम मोल्न सक्ने छ भन्ने दृढ विश्वास दिलाएको थियो।

ओलम्पिक खेलले शीतकालीन खेलको माध्यमबाट विश्वभरी शान्ति र सदभावका लागि एक हुने महत्वपूर्ण भूमिका खेलेको अवस्थालाई मनन गर्न सकिन्छ। यस ओलम्पिकको खेलको माध्यमबाट पुनः एकपटक हाम्रो शान्ति, एकता र समन्वयको परम्परालाई प्रष्फुट गर्न चाहन्छौं। कोरिया सरकारले फ्यङछाङ् ओलम्पिकलाई शान्तिपूर्ण रुपमा आयोजना गर्नका लागि सम्पूर्ण तयारी पूरा गरिसकेको छ। कोरियाली प्रान्तको असमझदारीलाई सहज गर्नका लागि कोरिया सरकारले उपयुक्त वातावरण सिर्जना गर्नका लागि दुई कोरियाबीचमा वार्ताको आह्वान गरेर आपसी समझदारीको निम्ति योजना तर्जुमा गरेको अवस्था छ। 

सन् २०१७ नोभेम्बरमा संयुक्त राष्ट्रसंघ महासभाले संकल्प जारी गर्दै खेल तथा ओलम्पिकको माध्यमले शान्त र सम्वृद्ध विश्वको परिकल्पना सम्वन्धि अवधारणा घोषणा गरेको थियो। सोहिअनुसार सुरक्षित तथा शान्तपूर्वक रुपमा फ्यङछाङ् ओलम्पिकको आयोजना हुने छ। यसै सन्दर्भमा कोरिया सरकारले उत्तर कोरिया समक्ष उच्च स्तरीय वार्ताका लागि प्रस्ताव गरेर दुई कोरियाको सीमा क्षेत्र फान्मुनजोनमा जनवरी ९ तारिखमा वार्ताको मिति निर्धारण गरिसकेको छ। जसमा फ्यङछाङ् ओलम्पिकमा उत्तर कोरियाको सहभागिता सम्बन्धी छलफल हुन गईरहेको छ। उत्तर कोरियाले यस सम्बन्धमा जवाफ दिँदै क्रस बोर्डर हटलाईन टेलिफोन सेवाको पुनः सुरुवात गरेर दुई देशका अधिकारी बीचमा समन्वय गर्ने भनी जवाफ दिएको छ। 

फ्यङछाङ् विन्टर ओलम्पिकले घनिष्ट मित्रवत सम्बन्ध रहेको कोरिया-­नेपालको सम्बन्धमा अर्को मञ्चको भूमिका खेल्ने छ। फ्यङछाङ् सहरले अन्तर्राष्ट्रिय युवाका लागि लक्षित गरेर ड्रिम कार्यक्रमहरु २००४ बाट हरेक वर्ष नियमित रुपमा विभिन्न विन्टर स्पोर्टस क्याम्प संचालन गर्दै आएको छ। विषेशगरी विन्टर खेलको अनुभव लिन नसक्ने मुलुकका युवालाई लक्षित गरिएका कार्यक्रमहरु समावेश हुने गरेका थिए। आजसम्म ७५ मुलुकबाट १५ सय युवा खेलाडीले भाग लिएको कार्यक्रममा नेपालबाट पनि बहुसंख्यक खेलाडीहरुले अनुभव लिएका छन्। खेलाडीहरु मध्ये १ सय ६६ जनाले अन्तर्राष्ट्रिय ओलम्पिक प्रतियोगितामा भाग लिइसकेका छन्।

फ्यङछाङ् विन्टर ओलम्पिकमा नेपालका खेलाडीको सहयोगका लागि कोरियाको सरकारी उर्जा निकाय (कोसेप) कम्पनीले प्रायोजन गरेको छ। कोसेप हाल नेपालको अपर त्रिशुली-१ जलविद्युत आयोजनामा सहभागी छ। कोसेपले फ्यङछाङ् विन्टर ओलम्पिकमा भाग लिने नेपाली खेलाडीलाई सहयोग स्वरुप  १ करोड रुपैयाँ उपलब्ध गराएको छ। फ्यङछाङ् विन्टर ओलम्पिक नेपाली खेलाडीले अल्पाईन र क्रस कन्ट्रि स्किमा भाग लिनेछन्।  

नेपाली मित्रहरुले फ्यङछाङ् ओलम्पिक खेलमा सहभागी भएर संसारभरिका खेलप्रेमीसँग रमाउँदै जोस तथा उत्साहका साथ विन्टर खेलको सुन्दरताको आनन्द लिनुहुनेछ भन्ने हामीलाई आसा छ। 

(पार्क यङ सिक नेपालका लागि गणतन्त्र कोरियाका राजदूत हुन्।)

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार