ad

विश्व

अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच जनाको हत्या

काबुल, अफगानिस्तान –अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ।  उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर  भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन्।  बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर कुदुसीले मृतक सबै अफगानी गुप्तचर निकायका अधिकारी रहेको बताएका खामा प्रेसले जनाएको छ।  घटनाबारे अफगानिस्तानका सरकार विरोधी शसस्त्र लडाकू समूह तथा अफगानिस्तानमा निरन्तर सरकारविरुद्ध आन्दोलन गर्दै आएको तालिवान विद्रोहीले कुनै प्रतिक्रिया जनाएको छैन। , रासस÷एएनआई 

पढ्नै पर्ने